Saturday, December 4, 2010

फेसबुकमा ‘पोस्ट’ गर्न नहुने १० कुरा

फेसबुकमा कति सूचना पोस्ट गर्नु राम्रो हुन्छ ? सोसल नेटवर्कको यो संजालमा राख्‍न हुने र नहुने कुराबारे विज्ञहरुले केही सुझाव दिएका छन् । डेभ ह्वाइटलेग्सले साथीभाईसँग भेटघाटका आधारमा फेसबुक रमाइलो भएपनि यो त्यत्तिकै डरलाग्दो पनि रहेको बताए। ‘फेसबुकमा राखिने केही सूचना, तस्बिर आदिले तपाँईलाई खतरामा पार्न सक्छ। यतिसम्म कि अपराध वा त्यो भन्दा पनि डरलाग्दा कुरामा तपाँई जोडिनसक्नुहुन्छ।’ उनले भने। डाटा मिनिङसम्वनधि यस्ता कतिपय कम्प्युटर प्रोग्राम छन् जसले जन्म मिति, फोन नम्बर या ठेगानको गलत प्रयोग गराइदिनसक्छ। उनले सुझाएका १० कुरा :


१ :जन्म मिति र स्थान
जन्म मिति र स्थानको सुचनाबाट पहिचान चोरी गर्न सजिलो हुन्छ। ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिनेमात्र होइन त्यसलाई फेर्न पनि सक्छन्

२: आमाको बाबुपट्टिको थर
कतिपयले आमाको थरबाट तपाँईको वास्तविकता थाहा पाउन सक्छन्। उनीहरुले तपाँई पढेको स्कुल आदिको जानकारी यसैबाट थाहा पाउन सक्छन्।

३ :ठेगाना
तपाँईले दिएको ठेगानाले तपाँईलाई सूचनाका चोरमात्र होइनन् घरमा आउने लुटेरालाई समेत सजिलो हुनसक्छ।

४ छुट्टिका कुरा
‘म यति समय बाहिर छु’ या ‘२ साता काठमाडौं बाहिर छु’ जस्ता स्टाटसले तपाँई चोरलाई निम्ता दिइरहेको त दिइरहेको हुनुहुन्न ?

५ :घरबारहिर निस्कने जानकारी
छोटो समयका लागि तपाँई बाहिरिँदै गरेको कुराले चोरलाई सघाएकै हुन्छ।

६ :असान्दर्भिक फोटोहरु
जातीय घृणा, अश्लिल र कानुनले निषेध गरेका फोटोहरु नराख्‍नुस। तपाँईको हाकिमले तपाँईको फेसबुक स्टाटस हेरिरहेका हुनसक्छन्।

७ :कमजोरी स्विकार
आफ्ना कतिपय कमजोरी वा गल्तीलाई फेसबुकमा नराख्‍नुस्। यसले पूरै जीवनलाई विगार्न सक्छ। आफूले गरेका गल्तो वा कुनै केटा वा केटीसँग गरेका रोमान्सलाई पोस्ट नगर्नुस्।

८ :फोन नम्बर
फेसबुकमा फोन नम्बर राख्दा तपाँईलाई सामान बेच्न बसेकाहरुले हैरान पार्न सक्छन।

९ केटाकेटीको नाम
पेडोफिलहरुले यस्तो पहिचानको दुरुपयोग गर्न सक्छन्। बच्चाको पहिचान सार्वजनिक गर्नु ठिक होइन।

१० :पूरै प्रोफाइल
फेसबुकमा मात्र होइन, पोस्ट गरिएका प्रोफाइल गुगल सर्चमा पनि सजिलै फेला पर्छ। सबै कुरा खुलाएको प्रोफाइल राख्‍नु ठिक होइन। कुनै पनि कुरा सहि ठाउँमा मात्र दिनुपर्छ।

Wednesday, December 1, 2010

जाडोमा सुख्खा छालाको हेरचाह

जाडोमा सुख्खा छालाको हेरचाह

जाडो मौसम शरीरका लागि लाभदायक मानिन्छ। यो मौसममा शरीरको रोगसँग लड्ने क्षमता बढ्छ। यो मौसम रोमाञ्चक पनि हुन्छ तर चिसोले छाला बिगार्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ। जाडोमा गरिने पार्टी तथा मोजमस्तीमा सहभागी भएर रमाउन चाहनेहरूलाई छाला सुख्खा हुनुका साथै अनुहारको चमक उडेर जाने डर हुन्छ। यस्तो बेला न त रमाइलो छोड्न सकिन्छ न छालाको बेवास्ता गर्नु उचित हुन्छ। यदि यस्तो बेलामा के गर्ने भन्ने द्विविधा छ भने निम्न कुरामा ध्यान दिई जाडोको आनन्द उठाउन सकिन्छ।

छालाको टेक्चर :जाडोमा छालाको रंग फुङ्ग उडेर जाने तथा सुख्खापन आउने हुन्छ। त्यसैगरी छाला चिलाउने समस्या पनि बढी हुन्छ जसले गर्दा छालामा इन्फेक्सन देखिन्छ। महँगो क्रिम प्रयोग गर्दा पनि छालामा कुनै प्रकारको परिवर्तन देखिएको छैन भने आफ्नो छालाको टेक्चर थाहा पाउनु आवश्यक छ। बजारमा पाइने विभिन्न क्रिममध्ये आफ्नो छालाको टेक्चर थाहा पाएर उपयुक्त क्रिम लिने हो भने छालाका अनेकौं समस्या आफैं समाधान हुन सक्छन्।

राम्रो रोजाइ, राम्रो छाला : जाडोमा अल्कोहल र मिनरल आयल भएको क्रिम प्रयोग गर्नु उपयुक्त नहुन सक्छ। यस्ता क्रिम प्रयोग गर्दा छाला उज्यालो देखिए पनि फाइदाजनक हुँदैनन्। छाला प्राकृतिक एवं चम्किलो देखाउन प्राकृतिक क्रिम प्रयोग गर्नुपर्छ। जाडोमा भरसक भिटामीन ई भएको क्रिम प्रयोग गर्नु राम्रो हुन्छ। ब्युटिसियनहरूका अनुसार सामान्य छालाका लागि नारसिङ क्रिमलाई पनि मोस्चराइजर जसरी प्रयोग गर्न सकिन्छ। यसलाई लगाएपछि मसाज गर्नु आवश्यक छ। त्यसैगरी जाडो मौसममा प्रयोग गरिने हिटरले चिल्लोपन सोसेर छालालाई सुख्खा बनाउँछ। कतिपय कोल्ड क्रिममा अल्कोहल तथा हानिकारक रसायन मिसाइएको हुन्छ। यस्ता क्रिम लगाउँदा छालालाई कुनै फाइदा हुँदैन। त्यसैले प्राकृतिक अथवा केमिकल कम भएको क्रिम रोज्नुपर्छ।

स्नान : जाडो मौसममा नुहाउनुअघि पि्रबाथ क्रिम प्रयोग गर्नुपर्छ। यसले छालाको नरमपनलाई बचाउँछ। भरसक मनतातो पानीले नुहाउनु राम्रो हुन्छ। नुहाएपछि कोल्ड क्रिम प्रयोग गर्नुपर्छ।

ओठको स्याहार :जाडो मौसममा अनुहारसँगै ओठको हेरविचार गर्नु पनि आवश्यक छ। ओठको छाला ज्यादै कोमल हुन्छ जसले गर्दा यो छिट्टै सुख्खा हुने र फुट्ने गर्छ। ओठको सुख्खापन कम गर्न पेट्रोलियम जेलीले ओठको मसाज गर्नुपर्छ अथवा अनुहारमा कोल्ड क्रिम प्रयोग गर्दा ओठमा पनि लाउन सकिन्छ। ओठको कलेटीका पाप्रालाई हातले निकाल्नुहुँदैन। यसमा कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ।

घामबाट टाढा :जाडोमा घाम प्यारो हुन्छ। घामले हाम्रो छालाको नरमपन हटाएर सुख्खा बनाइदिन्छ। धेरैजसो मानिस जाडोमा सनस्त्रिmम प्रयोग गर्दैनन्। जाडोको घामले पनि छालामा गर्मीसरह नै असर गर्छ। त्यसैले घाममा बाहिर निस्कँदा सनक्रिम प्रयोग गर्नु राम्रो हुन्छ। जाडो तथा गर्मी मौसमका लागि प्रयोग गरिने सनक्रिम भने फरक हुन्छन्।

आँखाको स्याहार : जाडो मौसममा आँखा वरिपरि छालाको नरमपन कम हुन्छ र त्यसमा चाउरी पनि पर्न सक्छ। त्यसैले आँखा वरिपरिको छालामा अरू ठाउँमा भन्दा क्रिम बढी प्रयोग गर्नुपर्छ र केही समयपछि कपासको सहयोगले हटाउनुपर्छ।

आवश्यक कुरा
नुहाउँदा वा हात धँुदा साबुन अथवा जेलको साटो क्लिन्जर प्रयोग गर्नु उचित हुन्छ। साबुन अथवा जेलमा बढी मात्रामा केमिकल प्रयोग गरिएको हुन्छ जसले छालालाई सुख्खा बनाउँछ।
जाडो मौसममा दिनहुँ २-३ लिटर पानी पिउनुपर्छ। आयुर्वेदका अनुसार चिसो पानीभन्दा मनतातो पानी पिउनु बढी फाइदाजनक हुन्छ।

जाडोमा शरीरको छालामा हुने सुख्खापन कम गर्न मालिसको सहयोग लिन सकिन्छ। मालिस गर्दा बदाम अथवा तोरीको तेल प्रयोग गर्नु राम्रो हुन्छ। त्यसैगरी राम्रो कोल्ड क्रिम पनि मालिसका रूपमा प्रयोग गर्न सकिन्छ।

चर्को घाममा धेरै बस्नुहुँदैन।
पानीमा चमेली अथवा गुलाबजल हालेर नुहाउँदा छालामा सकारात्मक प्रभाव पर्छ।
जाडो मौसममा नियमित रूपमा पेडिक्योर तथा मेडिक्योर गर्नुपर्छ।

जाडो मौसममा छालाको हेरचाह
जाडो मौसमको सुरुवातसँगै छालाको प्रकारमा पनि परिवर्तन हुन थाल्छ। यस बेलामा तैलीय छाला परिवर्तन भएर साधारणमा तथा साधारण छाला परिवर्तन भएर सुख्खा हुन्छ। यसरी बढी सुख्खा भए छाला फुस्रो देखिनुका साथै चाउरीपन देखा पर्छ । जसले गर्दा उमेर नपुग्दै बूढोजस्तो देखिन थालिन्छ। त्यसैले समयमै आफ्नो अनुहारको स्याहार गर्नुपर्छ। विशेष गरी जाडो महिनामा चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु आदि छाला बिग्रनुका प्रमुख कारण हुन्। यसकारण जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपाय अपनाउनुपर्छ।
बदामको बोक्रालाई सुकाएर पिस्ने र त्यसमा एक-एक चम्चा बेसार, बेसन, चिया दही तथा मह मिसाएर पेस्ट बनाई लगाउँदा अनुहारमा भएको चाउरीपन हट्नुका साथै चमक पैदा हुन्छ।
गहुँको रोटीलाई उमालेकोे दूधमा भिजाएर लेप बनाउने र अनुहारमा लगाउने। १० मिनेटपछि चिसो पानी अथवा दूधले भिजाउने अनि ५ मिनेटजति मसाज गर्ने। त्यसपछि सफा पानीले पखाल्ने। सातामा एकपटक यो विधि अपनाउँदा छाला नरम एवं चम्किलो हुन्छ।
यदि छाला चाउरी परेको र सुख्खा छ भने पाकेको केराको गुदी सातामा २-३ पटक लगाउने वा त्यसले मसाज गर्ने। यसो गर्नाले अनुहारको छाला नरम हुनुका साथै चाउरी पर्न रोकिन्छ।
तुलसीको पातको रस, दूध र घिउकुमारी मिसाएर दिनहुँ प्रयोग गर्नाले चायाँ-पोतो कम हुन्छ।

अनुहार घामले डढेको छ भने सुन्तलाको बोक्राको धूलो, बेसन तथा कागतीको रसलाई काँचो दूधमा मिसाएर पेस्ट बनाउने। सातामा दुईपटक अनुहारमा लगाएर १५-२० मिनेटसम्म राख्ने। यसो गर्नाले अनुहार सेतो हुन्छ।

हामी अनेक प्रकारका कस्मेटिक प्रयोग गर्छौं साथै छालाको टि्रटमेन्ट पनि गराउँछौं। यी सबै किसिमका कस्मेटिकको राम्रो पहिचान भएन वा उचित तरिकाले प्रयोग गर्न सकिएन भने अनुहार कुरूप पनि हुन सक्छ। त्यसैले अनुहारका लागि छाला सुहाउँदो क्रिम प्रयोग गर्नुपर्छ। यसका लागि दक्ष ब्युटिसियनको सल्लाह लिन सकिन्छ। मेकअपका साथै खानपिनमा पनि त्यत्तिकै ध्यान पुर्‍याउनुपर्छ। सन्तुलित आहार खाने, पानी प्रशस्त पिउने, हरियो तरकारी, फलफूल, ताजा जुस, उमि्रएका गेडागुडी, दूध-दही एवं मोहीका साथै भिटामिन सी र भिटामिन ईयुक्त खानेकुरा बढी सेवन गर्दा छालालाई फाइदा पुग्छ।

सुन्दर खुट्टाका लागि
खुट्टा शरीरको सम्पूर्ण तौल उठाउँदा-उठाउँदा थाक्छ तर अधिकांश महिला आफ्नो खुट्टाको हेरचाहप्रति बेवास्ता गर्छन्। हाइ-हिल वा टाइट स्ट्रेप दुवैले खुट्टालाई असर पुर्‍याउँछ। चिसो मौसममा कुर्कुच्चा फुट्दा ठूलो समस्या हुन्छ।

के गर्ने?
दुई दिन बिराएर राति सुत्नुअघि खुट्टालाई १०-१५ मिनेटसम्म नुन हालेको मनतातो पानीमा डुबाएर राख्नुपर्छ। त्यसपछि राम्रोसँग पुछेर राम्रो खालको फुट क्रिम प्रयोग गर्नुपर्छ।

हरेक दिन खुट्टामा मोस्चराइजर, लोसन वा फुट क्रिम प्रयोग गरेर केही समयसम्म गोलाइमा हात घुमाएर मालिस गर्नुपर्छ। यसबाट छाला कोमल हुन्छ।
नङको आकर्षण बढाउन नेलकलर प्रयोग गर्नु राम्रो हुन्छ। यसका लागि टो-नेल सेपरेटर प्रयोग गर्नुपर्छ। यसो गर्नाले नेलपालिस छालामा फैलिँदैन। टो-नेल सेपरेटर नभए टिस्यु पेपरलाई रोल गरी प्रयोग गर्न सकिन्छ।
नङको स्वाभाविक रङ छोप्न नङमाथि बेसकोट लगाउनु राम्रो हुन्छ।

अनुहारको दाग
गर्भावस्थामा अनुहारको छाला बिग्रन्छ। घामको सम्पर्कमा आएपछि यो अझ खराब हुन्छ। जाडो मौसममा घामबाट सुरक्षाको उपाय अपनाइँदैन। त्यसैले समस्या अझ बढ्छ। गोरो छालामा चाँडै पेक्ल्स पर्ने भएकाले त्यसमा मेलानिनको कमी हुन्छ र युवी किरणलाई छालाले चाँडै ग्रहण गर्छ। अतः छालाको दाग अझ बढ्छ।

के गर्ने ?
जिन्क अक्साइड, टिर्टेनियम डाइअक्साइड भएका सनस्त्रिmन प्रयोग गर्नुपर्छ। यी तत्वले युवीए र युवीवी किरणलाई छालाभित्र पस्न रोक्छ।
बढी समस्या भए छाला रोग विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ। लेजर टि्रटमेन्टबाट यो समस्या समाधान गर्न सकिन्छ।
घरेलु उपायका रूपमा दूध र गुलाबजलको मिश्रणलाई प्रभावित स्थानमा प्रयोग गर्नु राम्रो हुन्छ।

अतिरिक्त तैलीयता
अनुहार चिल्लो देखिए छालामा अत्यधिक तेल भएको स्पष्ट हुन्छ। गर्मी मौसममा तैलीय ग्रन्थि सक्रिय हुने भएकाले छाला अझ तैलीय देखिन्छ।

के गर्ने ?
लिक्विड मेकअप वा प्रेस्ड पाउडर प्रयोग गर्नुपर्छ। यसबाहेक दिनमा दुईपटक लेमन वा ओरेन्जयुक्त साबुनले छाला सफा गर्नुपर्छ।
पानी तथा तरल पदार्थको सेवन बढाउनुपर्छ।
प्रोटिनयुक्त आहार खानुपर्छ। तारेको, भुटेको खाना, चकलेट तथा जंक फुड सकेसम्म कम खानुपर्छ।
नियमित फेसियल गर्नुपर्छ।
डिप क्लिन्जरका लागि एस्टि्रन्जेन्ट लगाउनुपर्छ।

छालाको अतिरिक्त तैलीयपन हटाउन मुलतानी माटोको प्याक लगाउनु राम्रो हुन्छ। आफ्नो तकियाको खोल बदल्नुपर्छ। तैलीयताका कारण रोमछिद्र बन्द नहोस् भन्ने कुराको ख्याल राख्नुका साथै संक्रमणबाट बच्नुपर्छ।