Friday, March 4, 2011

दोष सृष्टिमा होइन दृष्टिमा

एकपटक गुरु द्रोणाचार्यले आˆना शिष्यहरूको परीक्षा लिने क्रममा राजकुमार युधिष्ठिरलाई दुर्जन र दुर्योधनलाई सज्जनको खोजी गर्ने आदेश दिएका रहेछन् । पूरा महिनाभर खोज्दा पनि युधिष्ठिरले एउटा पनि दुर्जन भेट्टाउन सकेनछन् भने दुर्योधनले एउटा पनि सज्जन भेट्टाउन सकेछन् र सोही अनुसारको प्रतिवेदन दिएछन् । हरेकको संसार हेर्ने आँखा आˆनै हुन्छ । आफू जस्तो छ संसार त्यस्तै देखिन्छ । युधिष्ठिर सज्जन थिए उनले सबैलाई सज्जन देखे एउटा पनि दुर्जन भेट्टाउन सकेनन् । दुर्योधन आफैँ दुर्जन थिए त्यसैले महिनाभर खोज्दा पनि एउटै सज्जन भेट्टाउन सकेनन् । सत्य साइबाबा भन्नुहुन्छ, दोष सृष्टिमा होइन दृष्टिमा हुन्छ, आफू राम्रो भए संसार राम्रो नराम्रो भए संसार नराम्रो प्रायः मानिस भन्ने गर्छन् संसार दुखको घर हो तर वास्तविकता त के हो भने संसार दुखको घर होइन, दुखको घर त आˆनै मन हो । संसार कसैको शत्रु पनि होइन र मित्र पनि होइन । संसार संसार नै हो, जहाँ कसैलाई दुख दिने वा काम नलाग्ने चीजको सृष्टि भएकै छैन । मन बिग्रँदा संसारको स्वरुप पनि बिग्रन्छ र दुःख पाइन्छ मन निर्मल भए संसारको स्वरुपै अर्को हुन्छ र सुख पाइन्छ । एकपटक बुद्धले अम्बशाली नामक एक वेश्यासित भेट गरेछन् । लोकले भने-’गुरुदेव हजुर यस गाउँमा नयाँ हुनुहुन्छ थाहा छैन, अम्बशाली ठीक मानिस होइन ऊ दुराचारिणी हो । त्यस्ता सितको भेटले हजुरलाई नै कलङ्कित बनाउँछ ।’ बुद्धदेवले सबैलाई एकअर्काको एकएक हात समाउन लगाउन भयो र एकएक हातले ताली बजाउन भन्नुभयो । लोकले – ‘एउटा हातले मात्र कसरी ताली बजाउनु ?’ त्यसपछि बुद्धले सम्झाउँदै भन्नुभयो भने- ‘हो जसरी एउटा हातले ताली बज्दैन त्यसैगरी अरू खराब नभई अम्बशाली एक्लै पनि खराब हुन सक्दिनन् । अरू खराब भएकैले उनी पनि खराब हुन पुगेकी हुन् । अझ यसलाई यसरी बुझ्दा राम्रो हुन्छ- खराब व्यक्तिको सङ्गतकै कारण अम्बशाली पनि खराब देखिएकी हुन् । आफू नबिग्री संसार बिग्रनै सक्दैन । आफू भला जगत् भला भन्ने त उखानै छ । स्वाभाविक हो संसारमा खराबी देखिन सक्छ तर बुझ्न पर्ने कुरो चाहिँ के हो भने संसारमा जे जति खराबी देखिन्छन् ती सबै द्रष्टाको आˆनै स्वरूप प्रत्यावर्तन बाहेक केही पनि होइन ।’ त्यसपछि उनीहरू लाजले रातोपिरो मात्र भएनछन् अम्बशालीमाथि हेर्ने दृष्टिमा पनि सय डिग्रीको परिवर्तन ल्याएछन् । हामीलाई थाहा छ यदाकदा खाना पकाउँदा आगोले हात पोलिरहेको मात्र हुँदैन तरकारी काट्दा चक्कुले हात पनि काटिरहेको हुन्छ । चलाउन जाने त्यही हतियारले जीवन दिन पनि सक्छ नजाने त्यही हतियारले जीवन लिन पनि सक्छ । संसार पनि त्यस्तै हो । चलाउन जाने त्यही संसार स्वर्गीय सुखको कारण बनिरहेको हुन्छ नजाने त्यही संसार सडेर यति बढी गनाउन पुग्छ कि वरिपरि जान पनि सकिन्न । आफू सज्जन भएकाले प्रहृलादका निम्ति त्यही आगो श्रीखण्डभन्दा पनि शीतल हुन पुगिरहेको थियो भने खराब नियतको वशका पर्दा होलिकाको निम्ति त्यही आगो प्राणघातक बन्न पुगेको थियो । सत्यधर्मको बाटो समाएकाले दासरथी रामलाई बाँदर र बाघभालुले पनि सघाइरहेका थिए भने तुच्छ स्वार्थको पछि लागेर कुमार्ग समाउन पुगेकाले रावणले भने आˆनै पत्नी मन्दोदरीको समेत नैतिक समर्थन पाउन सकिरहेका थिएनन् । बाटो नछोडी निरन्तर हिँडिरहे जति नै टाडा भए पनि एकदिन गन्तव्य भेट्टाउन सकिन्छ होइन मूल बाटो छोडी जुन मन लाग्यो त्यही नै बाटो समाउने हो भने कुनै पनि बेला दुर्घटनाको सिकार हुनुपर्छ हामी नै भनौ यतिबेला दोष कसलाई दिने । यसो त संसारमा दुर्जन र मुर्खको कमी छैन । झन् स्वार्थका निम्ति पागल हुनेहरू त कति छन् कति । आचार्य चाणक्य भन्नुहुन्छ जसरी सबै सर्पमा मणि, सबै हात्तीमा मोती र सबै वनमा श्रीखण्ड हुँँदैन त्यसैगरी सबै व्यक्ति सज्जन नै हुन्छन् भन्न पनि सकिन्न । यस्तो अवस्थामा आफू सज्जन हुँदैमा सबै सज्जन भइहाल्छन् र सबैबाट सज्जनोचित व्यवहार पाउन सकिन्छ भन्ने आशा गर्नु चिलाउनेको बोटमा पनि अम्बाको आशा गर्नु जस्तै हुनसक्छ । स्वाभाविक हो चिलाउनेको बोटमा सिधै अम्बाको आश गर्न त सकिन्न तर के पनि वास्तविकता हो भने तरिका जान्ने हो भने चिलाउनेको बोटलाई पनि सदुपयोग गरेर अम्बाको बोटजस्तै सुमधुर फलप्रदायक भने बनाउन सकिन्छ । कसैका निम्ति कोही कसैले हिंस्रक जनावरबाट पनि जीवनवृत्तिको आधार बनेका प्रशस्त उदाहरण छन् । प्रायः हामी भन्ने गर्छौं अमुक व्यक्ति वा चीजले दिनु दुःख दियो तर आफूले के गरेका थियौँ र उसले त्यसरी दुःख दियो भन्ने कुरो भने बिर्सन्छौँ । मुख्य गडबडी नै यहीँ भइरहेको छ । त्यसैले साँच्चै हामीले संसारबाट सुख खोजेका हौँ भने दोषजति अरूलाई दिने वर्तमान प्रवृत्तिबाट पर हटी आफँैभित्र त्यसको कारण खोज्ने परिपाटी अपनाउनैपर्छ ।



जीवन दर्शन “लोभको परिणाम” !

एकपटक एक सज्जनले रू. पाँच हजारको थैली हराएछन् । खोज्दा कतै पनि नपाएपछि कसैले बुझाइदिएमा रू. पाँच सय पुरस्कार दिनेछु भनी प्रहरीमा लेखाएछन् । थैली कुनै गरिब बूढी आफँैले पाएकी रहिछन् । खबर सुनेर उनी थैली बुझाउन प्रहरीमा आइन् तर त्यतिबेलासम्म थैली हराउने सज्जनमा लोभ पलाइसकेको रहेछ । चलाखीपूर्ण ढङ्गले जुक्ति निकाले र भने- ”मैले त हतारमा रू. पाँच हजार मात्र हरायो भनेको रहेछु तर थैलीमा त पाँच हजार पाँच सय थियो । यदि आफैले मासेकी रहिनछिन् भने रू. पाँच सय दिनेछु ।” त्यसपछि हराउने सज्जन र पाउने आफैबीच निकै भनाभन भएछ र मुद्दा राजाकहाँ पुगेछ । सबै हाल बुझेपछि राजाले निर्णय सुनाउँदै भने- ठीकै छ यो थैली उहाँको होइन रहेछ । त्यसैले बूढी आफैकै भयो । कुनै दिन यिनले रू. पाँच हजार पाँच सयको थैली भेट्टाइन् भने त्यसैबाट रू. पाँच सय कटाएर बाँकी पैसा उहाँलाई दिनु ।’ बढी लोभ गर्दा हातमा आएको दाना पनि गुमेकाले बिचरा सज्जनलाई पश्चाताप गर्दै घर फर्केछन् । धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथाभित्र के कति सत्यता छ त्यो त थाहा छैन तर अति लोभको परिणाम राम्रो हुँदैन भन्ने कुरो भने कसैबाट छिपेको छैन । यद्यपि लोभ मानवीय प्रवृत्ति नै हो । सानो बालकबाट पनि उसको हातमा पुगेको चीज फिर्ता पाउन गाह्रो पर्दछ । जति नै भने पनि केही लोभ गर्नै पर्छ । लोभ नगरी त व्यवहारै चल्दैन तर लोभ पनि त्यति मात्र गर्नुपर्छ जति न्यूनतम अवस्थाले मागेको हुन्छ । अन्यथा भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन बेर लाग्दैन । भुइँको टिप्न खोज्नु नराम्रो होइन । आखिर थोपाथोपा मिलेर नै घैँटो भरिने हो । बिन्दुबिन्दु मिलेर नै सिन्धु बन्ने हो तर भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन्छ भने त्यसलाई राम्रो मान्न सकिन्न । आखिर सुनकै भए पनि भारी पनि त्यति मात्र बोक्न खोज्नु पर्दछ जति आˆनो क्षमता छ । क्षमताभन्दा ठूलो भारी बोक्न खोजियो भने कुनै पनि बेला लडेर खुट्टा भाँचिन बेर लाग्दैन । डुङ्गा यसै पनि पहिल्यै गह्रुङ्गो छ । त्यसमाथि जे पायो त्यही कुडाकर्कट बटुल्न थालियो भने दुर्घनाबाहेक के नै आशा गर्न सकिएला र । जतिसुकै मीठो भए पनि त्यति मात्र खान खोज्नु राम्रो हुन्छ जति पचाउन सकिन्छ । मीठो लाग्यो रे भन्दैमा पेटले धान्न सक्नेभन्दा बढी खाइयो भने नतीजा के हुन्छ सबैलाई थाहा भएकै विषय हो । एक जना सज्जन दिनभर हिँडेको जमिन आˆनै हुन्छ रे भनेको सुनेर आˆनो शरीर र क्षमताको ख्यालै नगरी यति बढी कुदेछन् कि दिन बित्न नपाउँदै रगत छादेर मरेछन् । बिचरा सज्जनलाई जति नै हिँडेर आˆनो बनाए पनि अन्ततः साढे तीन हातभन्दा बढी जमिन कामै लागेन । अति लोभको परिणाम जहाँ पनि यस्तै हुन्छ । अति लोभ गर्नु भनेको आˆनै जीवन ऊर्जा क्षीण गराउनु हो । मानिसका छवटा शत्रु छन् जसले हमेशा पछ्याइरहेका हुन्छन् । यसमध्ये लोभ पनि एउटा हो । मानिस जन्मन्छ, हुर्कन्छ र मर्दछ । हामीलाई यो सामान्य प्रक्रिया जस्तो लाग्दछ तर जवान मानिसलाई जीवन ऊर्जा क्षीण गरी बूढो बनाएर मृत्यु शय्यामा पुर्‍याउने काममा लोभले नै गरिरहेको हु्न्छ । भनिन्छ काममा बढी ऊर्जा खर्च हुन्छ । तर साँच्चै भन्ने हो भने कामले भन्दा कति हो कति बढी जीवन ऊर्जा लोभले खाइरहेको हुन्छ । काम समाधिपछि त मानिस तत्कालै श्ाान्त हुन्छ तर लोभी मानिसले कहिल्यै शान्ति पाउन्न । निरन्तर एकपछि अर्को आवश्यकताको श्रृङ्खला खडा भइरहेको हुन्छ । बूढापाकाहरूले लोभको भाँडो कहिल्यै भरिन्न त्यसै भनेका कहाँ हुन् र । काम एकदेशीय हुन्छ । एउटा द्वारबाट मात्र ऊर्जा क्षय हुन्छ तर लोभका लागि त ऊर्जा क्षयका लागि हमेशा पाँच द्वार खुला रहन्छ । जसमा नाक, कान, घाँटी, आँखा र छाला पर्छन् । एउटा भ्रमरो सूर्यकमल फूलको रस चुस्न थालेछ । चुस्दाचुस्दै यति बढी भुलेछ कि साँझ परेको पत्तै पाएन । सूर्य अस्ताएपछि फूल पनि सुकेकाले ऊभित्रै थुनिएर मरेछ । सबैका लागि भोलि नयाँ बिहानी आयो, सूर्य पनि उदाए तर लोभी भ्रमराका लागि भने कहिल्यै उज्यालो भएन । लोभी मानिस आफू मात्र बरवाद हुँदैन । अरूलाई पनि बरवाद गर्छ । त्यसैले लोभीलाई कसैले पनि मन पराउँदैनन् । सबै घृणा र तिरस्कार गर्छन् । यद्यपि मानिस पशुपक्षीलाई पनि माया गर्छन् र जङ्गली जनावरलाई पनि घरमा पाल्छन् तर मानिसले मानिसलाई नै मन पराएको उदाहरण भने खासै पाइँदैन । अरू त अरू आपत्विपदमा पहिले काम दिने छिमेकमा समेत एकअर्कोमा गालीगलोज भइरहेको हुन्छ । अझ साँच्चै भन्ने भने छिमेकमा जति वैमनस्यता अन्यत्र पाइन्न । एकातर्फ त्यही मानिस कुकुरलाई बोकेर हिँडिरहेको हुन्छ भने अर्कोतिर छिमेकमा पाखुरा सुर्किरहेको हुन्छ । आखिर किन ? किनकि पशुपक्षीले लोभ गर्दैनन्, मानिसले लोभ गर्छन् । छिमेकमा बढी झगडा किन हुन्छ भने त्यहाँ एकले अर्कोको लोभीपनलाई नजिकबाट हेर्ने अवसर बढी पाइरहेको हुन्छ । इतिहासमा अति लोभ गर्दा कतिपय राजा महाराजाहरू सामान्य नागरिक हुन पुगेका छन् भने अलिकति त्यागको सङ्केत देखाउँदा सामान्य नागरिक राजामहाराजाको हैसियतमा पुगेका उदाहरण प्रशस्तै छन् । त्यसैले बढी लोभ गरेर सबैको घृणाको पात्र हुने कि जीवनचर्या सन्तुलित पारी सबैको हाइहाइको पात्र हुने मानिसको आˆनै हातमा देखिन्छ ।