Friday, April 1, 2011

सम्बन्ध छुटेमा पुरूषलाइ बढी दुःख

मानिसहरूले समाजमा पुरुषहरूलाइ बहादुर तथा शक्तिशाली मान्ने गरेतापनि कुनै सम्बन्ध टुट्दाखेरी महिलाहरू भन्दा पुरूषलार्इ बढी दुःख पुग्ने कुरा एक सर्वेक्षणले देखाएको छ। अमेरिकाको वाके फोरेस्ट यूनिवर्सिटीका शोधकर्ताहरूले कुनै पुरूषको जीवनमा रहेको महिलासंगको सम्बन्धमा चिसोपना आँउदा उनीहरूको दिमागमा निकै ठुलो असर पर्ने निर्क्योल निकालेका छन।



यसको प्रमुख कारण, एकातीर महिलाहरूले कुनै पनि घट्नालाइ साथीहरूसंग व्यक्त गरेर आफ्नो तनाव कम गर्दछ भने पुरूषहरू यस्ता घट्नालार्इ मनमा नै राखेर तनावमा रहने गर्दछन्। यतिमात्र नभर्इ यस्ता घट्नाले मानिसमा नकारात्मक सोच उत्पन्न गर्नका साथै यसले खराब लततीर समेत धकेल्ने गर्दछ। यस्ता घट्ना पछी उनीहरू तनावमुक्त हुनका लागी रक्सी वा अन्य नशाको सेवन समेत शुरू गर्ने गरेको पाइएको छ।


यसका मुख्य शोधकर्ता प्रोफेसर रॉबिन शिमनका अनुसार सर्वेक्षणमा आएको यस्तो नतिजा अचम्म पार्ने खालको छ। साधारणतया महिलाहरू कमजोर हुनेहुनाले यस्ता घट्नाहरूबाट उनीहरूलाइ बढी प्रभाव गर्ने सोच रहेकोमा यस शोधको नतिजाले सबैलाइ हैरानीमा पुर्याएको छ। यसै सर्वेक्षणले मानिसहरूलाइ प्रेमले बढी फाइदा पुर्याउने गरेको समेत खुलासा भएको छ। प्रेममा राम्रो सम्बन्ध रहेका मानिसमा बढी फुर्ती हुनाकासाथ कम तनाव हुने गरेको समेत यस शोधले देखाएको छ।

यस सर्वेक्षणमा पुरूषहरूले कम मानिसहरूलार्इ बिश्वास गर्ने तर महिलाहरूले भने आफ्ना साथीभाइ, नातेदार, सहकर्मीहरूसंग घुलमिल गरी बस्ने गरेको समेत देखाएको छ।

No comments: