व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमाडराउँछौ ? तिमिलाई कसले मार्न सक्छ र ? आत्मान त पैदा हुन्छ न मर्छ नै ।
जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जेहुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चातापनगर । भविष्यको पनि चिन्ता नगर । वर्तमानचलिरहेको छ ।
तिम्रो के गयो र त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिलेगुमायौ ? तिमिले के रचना ग¥यौ जुन नाश भयो ? न त तिमिले केही लिएर आएका थियौै नलाने नै छौ । जे लियौ यहीँबाट लियौ । जे दियौ यहीँ दियौ । जे लियौ उहाँ (भगवान) बाट लियौर जे दियौ उहाँ (भगवान)लाई नै दियौ ।
खालि हात आयौ र खालि हात नै जानेछौ । जे आजतिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैकोहुनेछ । तिमि यसलाई आफ्नै सम्झेर मग्न र मख्खभईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कारणहो ।
परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्युसम्झन्छौं त्यही त जीवन हो । एकैछिनमा तिमिकरोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्रहुनसक्छौ । मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो,अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो रतिमी सबैका हौ ।
न त यो शरीर तिम्रो हो न तिमि यो शरीरका हौ । यो शरीरअग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमामिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमिको हौ ?
तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले योसहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ ।
तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीकोआनन्द अनुभव गर्न सक्छौ
No comments:
Post a Comment