Friday, March 30, 2012

श्री मुक्तिनाथ दर्शन यात्रा

संसारका ५ धामहरुमध्येको मुक्तिनाथ एक धाम हो। मुक्तिनाथको मन्दिर थोरङ्गला हिमालको फेदीमा ३७१० मिटर को उचाईमा अवस्थित छ। मुक्तिनाथ धवलागिरी अञ्चल तथा मुस्ताङ्ग जिल्लामा पर्दछ। खुल्ला र सफा दिनमा मुक्तिनाथबाट दक्षिणपट्टीको आकाशमा धवलागिरी हिमालको मनमोहक दृष्य देखिन्छ।

मुक्तिनाथ पवित्र भूमि हिन्दू र बौद्ध धर्मालम्वीहरु दुवैको लागि प्रख्यात छ। हिन्दु धर्मानुसार मुक्तिनाथको दर्शन गरेमा सबै पापहरुबाट मुक्ति मिल्दछ भन्ने विश्वास गरिन्छ। त्यसैले गर्दा प्रत्येक बर्ष असोज महिनादेखि ज्येष्ठ महिनासम्म मुक्तिनाथ दर्शनको लागि नेपाली तथा भारतीय धर्मालम्वीहरुको मन्दिरमा घुईंचो लाग्दछ।

मुक्तिनाथलाई ५१ शक्ति पीठ मध्येमा एक पीठको रुपमा पूजा गरिन्छ। बौद्ध धर्म अनुसार यसलाई च्यूमीग ग्यातुसा (Chumig Gyatsa) भनिन्छ। जसको अर्थ टिवेटन भाषा अनुसार एकसय आठ पानी हो। मुक्तिनाथको मन्दिरमा भगवान विष्णु लगायत देवी लमी र गरुड भगवानको मूर्ति अवस्थित छ, जुन सबै सुनले बनेको छ। मुक्तिनाथको मन्दिरमा १०८ धाराहरु छन् जसमा सबै तीर्थालुहरु नुहाउनको लागि आउने गर्दछन्। १०८ धाराहरुमा साँढेको मुखको आकृति छ जसको मुखबाट पानी बग्दछ। यहाँको पानीको तापक्रम ज्यादै चिसो, ० डिग्री सेन्टिग्रेडमा हुन्छ। मन्दिरमा बौद्ध आनीहरु हुन्छन् जसले मन्दिरको ढोका खोल्ने र पूजा गराउने काम गर्दछन्।

टिबेटन धर्म अनुसार गुरु रिन्पोचे (Rinpoche) टिबेटन बुद्ध धर्मका जन्मदाता यही मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिबेट (Tibet) गएका भन्ने विश्वास गरिन्छ। मुक्तिनाथमा बग्ने खोला कालीगडकी हो। यहाँ नेपालको अन्य ठाउँमा नपाईने ढुङ्गा शीला वा शालीग्राम पाईन्छ, जसलाई हिन्दु धर्ममा भगवान नारायणको साक्षत रुप मानिन्छ। मुक्तिनाथ हिन्दु, बौद्ध, जैन र वैष्णव सबै धर्मालम्वीहरुको लागि एक प्रख्यात तीर्थस्थल हो, यहाँको १०८ धाराको आफ्नै बिशेषता छ। हिन्दु खगोलशास्त्र अनुसार संसारमा जम्मा १२ राशी र नौ ग्रह छन्, जसले १०८ समिश्रण दिन्छ। १०८ धारालाई यसैको प्रतिनिधिको रुपमा लिईन्छ।

पृथ्वीमा मुक्तिनाथ मात्र एक यस्तो ठाउँ हो, जहाँ पञ्चतत्व पाईन्छ। आगो, पानी, पृथ्वी, हावा र जल मुक्तिनाथको मन्दिर सँगै ज्वालादेवीको मन्दिर छ। यहाँ अवस्थित ज्वाला परापूर्वकालदेखि अहिलेसम्म निरन्तर रुपमा पानी माथि बलिरहेको विश्वास गरिन्छ। मुक्तिनाथको मन्दिरमा कुनै महत्वपूर्ण प्रसाद चढाईदै, ईच्छा अनुसारको मिठाई, फूलमाला, अक्षता चढाईन्छ।

अनुकुल समय :
मुक्तिनाथ दर्शनको लागि उपयुक्त समय फागुनदेखि शुरु भएर ज्येष्ठसम्म हो। आषाढ, श्रावण र भाद्र महिना बर्षायाम भएकोले तीर्थालुहरुको संख्या ज्यादै कम हुन्छ।

यातायात सुविधा :
मुक्तिनाथमा मौसममा धेरै फेरवदल भैरहन्छ। तीर्थालुहरु यहाँ सिधै हेलिकोप्टरबाट आएर पनि दर्शन गर्छन्। प्राय तीर्थालुहरु पोखराबाट हवाई विमान चढेर जोमसोम एयरपोर्ट भएर आउने गर्छन्। साथै पोखराबाट गाडीमा बेनी, घाँसा हुँदै जोमसोम मुक्तिनाथ आउने तीर्थालुहरुको पनि यहाँ कमी छैन। जोमसोमबाट मुक्तिनाथको मन्दिरसम्म पुग्न जीपको व्यवस्था छ, जसको लागि ०१ः३० मिनेट समय लाग्दछ।


श्री मुक्तिनाथ दर्शन यात्रा कार्यक्रम
पहिलो दिन
०६:०० बजे – महाँकाल स्थान न्यूरोड पुग्ने
०६:३० बजे – पोखराको लागि रिर्जभ गाडिद्वारा प्रस्थान
०९:०० बजे – बिहानको नास्ता
११:०० बजे – मुग्लिनमा बिहानको खाना
१३:३० बजे – पोखरा होटलमा पुग्ने
१६:०० बजे – पोखरामा दृष्यावलोकनको लागि फेवपातालमा बोटिङ्ग गरी बाराही मन्दिरको दर्शन
२०:०० बजे – बेलुकाको खाना
दोस्रो दिन
०६ः०० बजे – बिहानको नास्ता
०६ः३० बजे – पोखरा एयरपोर्टतिर प्रस्थान
०७ः०० बजे – हवाई विमानद्वारा जोमसोमको लागि प्रस्थान
०७ः२० बजे – जोमसोम होटलमा पुग्ने
११ः०० बजे – बिहानको खाना होटलमा
११ः३० बजे – मार्फा दृष्यावलोकनको लागि जीपद्वारा प्रस्थान
१४ः०० बजे – मार्फाबाट १ घटा ३० मिनेट पैदल यात्रा गरी जोमसोम फर्कने
२०ः०० बजे – बेलुकोको खाना
तेस्रो दिन
०६ः०० बजे – चियापान
०६ः३० बजे – जोमसोमबाट मुक्तिनाथ मन्दिरको लागि रिजर्भ जीपद्वारा प्रस्थान
०८ः०० बजे – रानीपौवा पुगेर मन्दिरमा पुग्न २० मिनेट पैदल यात्रा
०८ः२० बजे – मुक्तिनाथ मन्दिर पुगेर स्नान र पुजा गर्ने
१०ः०० बजे – मुक्तिनाथबाट जोमसोमको लागि प्रस्थान
१०ः३० बजे – रानीपौवा होेटेल पुगी बिहानको प्याकिङ्ग नास्ता खाने
११ः३० बजे – जीपद्वारा जोमसोमलागि प्रस्थान
१३ः०० बजे – जोमसोम होटल पुग्ने र बिहानको खाना खाने
२०ः०० बजे – बेलुकाको खाना
चौथो दिन
०६ः०० बजे – चियापान गरी जोमसोम एयरपोर्टको लागि प्रस्थान
०६ः३० बजे – हवाई विमानद्वारा पोखराको लागि उडान
०६ः२० बजे – पोखरा पुग्ने
०८ः०० बजे – दर्शनको लागि विन्ध्यवासिनी मन्दिर पुग्ने
०९ः०० बजे – बिहानको नास्ता चिप्लेढुङ्गा
०९ः३० बजे – डेभिजफल र गुप्तेश्वर गुफाको दृष्यावलोकन
११ः०० बजे – बिहानको खाना
२०ः०० बजे – बेलुकाको खाना
पाँचौं दिन
०७ः०० बजे – बिहानको नास्ता होटलमा
०८ः०० बजे – काठमाडौको लागि प्रस्थान
१२ः०० बजे – मलेखुमा बिहानको खाना
१६ः०० बजे – काठमाडौको महाँकाल स्थान पुगी हाम्रो यात्रा समाप्त हुन्छ।

 

No comments: