Showing posts with label कबिता कोर्न बिर्सिएछु. Show all posts
Showing posts with label कबिता कोर्न बिर्सिएछु. Show all posts

Friday, April 30, 2010

कबिता


कबिता कोर्न बिर्सिएछु
तिम्रो मिठो सम्झनामा ।।
पाइला चाल्न बिर्सियछ
तिमीसँगका कल्पनामा ।।
सुत्न खोज्छु परेलीका
बिचमा आउने ति यादहरु ।।
कोल्टे फेर्छु पुन्ह फेरी
झ-सँग झस्काइ दिने पलहरु ।।
अती हुन्छ सहन नसकी
बग्छन आसु भेल सरि ।।
थाम्न खोज्छु भक्कानो मेरो

दुख्छ मुटु घरी घरी ।।
कस्तोलाग्छ तिमीलाई
बेदना मेरो खेल सरि ।।
दर्पन पनि धेरै भयो
बिम्ब कतै हराये सरि ।।
कित देउ पिडा अझै
नआउ फर्की फर्की मनमा ।।
के सारो बस्यो तस्बिर तिम्रो
नमेटिने दाग सरि ।।
कबिता कोर्न बिर्सिएछु
तिम्रो मिठो सम्झनामा ।।