मेरो मन लुटीदियौ
जोड्न खोज्थे मुटहरु तिमी आफै फुटीदियौ
संगै यात्रा गरु भन्थे तिमी आफै छुटीदियौ
एकतर्फि माया हुन्न दुबैतिर हुनुपर्छ
पाउनखोजे तिम्रो माया तिमी आफै टुटीगयौ
सोझो मनले यो तन दिँए मैले तिमीलाई
मायागर्ने नाटक गर्दै मेरो मन लुटीदियौ
दुबै मिली जीन्दगीको जङ्घार तरु भन्थे मत
आखिरीमा पहाड बनी तिमी आफै उठिदियौ