Showing posts with label 2010 march 13. Show all posts
Showing posts with label 2010 march 13. Show all posts

Monday, May 3, 2010

जिउन सक्छु म ...

तिमीले देखाएका मायाले जिउन सक्छु म
रिस र रागका त के कुरा गराइ भो र ।।
तिमीले छर्किएका बिश पिउन सक्छु म
अमृतका के कुरा गराइ भो र
पर्दैन मलाई सहारा कसैको
जब कि तिम्रो छाया म सामु पुग्दैन भने
पर्दैन सान्तोना मलाई कसैको
जब कि तिम्रो भावना म सामु फुल्दैन भने
किन जानु नहिंड्ने बाटोको सामु
जब कि यात्रा तिम्रो हुँदैन भने ।
जस्तो प्रतिक छ तिम्रो
त्यस्तै मन पनि तिम्रो
कती भावनामा भड्किन्छौ तिमी
तिम्रो सोच कस्तो कस्तो
मिल्ला बरु धाडस् तिमील्लाई
कहिलेइ नमिलोस आशु सस्तो
कती भौतारिन्छौ प्यास मा तिमी
नभएको प्यास मरुभुमी सरि
छिया छिया भईसक्दा पछ्एउरी तिम्रो
नलागोस दाग कता कतै
किन लाग्छ विश्वाश तिम्रो
घाट माथि घाट मिल्दा
किन कुर्छन आँखा मेरा
चोट माथि चोट पर्दा ।।। ।।। ।।।