Friday, April 30, 2010

तिमीले दिएका मायाका पोकाहरु
एकान्तमा आज खोले
अनाएसै फेरी पनि आँखाबाट
आसुहरु रसाएछन ।।
तिमीसँग खाएका बाचाहरु एक पटक
आँखा चिम्लेर सम्झे
अनाएसै फेरी मुटुको धड्कन
बढ्दै गएछन ।।
बिर्सनै नसकिने तिम्रा मधुर स्वोरहरु
फेरी गुन्जाउने कोसिस गरे
यो मन फेरी पिडामा परेछन ।।
एसरी सम्हालिएका रहेछन तिम्रा सम्झनाहरु
फेरी फेरी घुम्दै फिर्दै
उही तिम्रा हल्का कल कल गर्ने हासो
येतै कतै गुन्जे झै लाग्छ
एसरी सम्हालिएका रहेछन तिम्रा स्पर्शहरु
सितल हावाका झोकाहरुले
तिम्रो मन्द ओठ्ले छोए झै लाग्दछन्
अनी एकान्तमा फेरी आज
तिमीले दिएका कसमहरु सम्झे
ति कसमका रेखाहरु पार गर्नै सकिन
जहाँबाट तिमी सदा सदाकोलागि
बगी सकेकी थियौ
एसरी सम्हालेर राखेको छु तिमीसँग का पलहरु
तिनै हुने छन म बुढो हुँदा को एक्लो सहारा
तर पनि म हामीले खाएका कसम अनी बाचा हरु
बिर्सने छैन तोड्ने छैन
तर पनि आशु रसाइ रहने छन रसाइ रहने छन ............

1 comment:

सानु said...
This comment has been removed by the author.