Saturday, January 14, 2012

माघे सक्रान्ति अर्थात् मकर सक्रान्ति के हो र किन ?


माघे सक्रान्ति अर्थात् मकर सक्रान्ति के हो र किन ?
- शान्ता ढेंगा


'तमसो मा ज्योतिर्गमय'
हे सूर्य ! हामीलाई पनि अन्धकार देखि उज्यालो तिर लैजाउ ....

 
हिंदू धर्ममा महिनालाइ २ भागमा बाडेको छ, कृष्णपक्ष र  शुक्लपक्ष,  यसैगरि वर्षलाइ पनि २ भागमा बाडिएको छ   पहिलो उत्तरायण र दोस्रो दक्षिणायन । त्यो दुबैलाइ मिलाएर एक वर्ष हुन्छ, माघे सक्रान्ति अर्थात् मकर सक्रान्तिको दिनमा सुर्ये पृथिवीको परिक्रमा गर्दा दिशा बदल्दै थोरै उत्तरको तर्फ ढल्किन्छ येसैले यो कालखण्ड लाइ उत्तरायण भानिन्छ।
सूर्यमा आधारित हिंदू धर्ममा मकर संक्रांतिको निकै महत्व मानिन्छ ।  वेद र पुराणमा पनि यो दिनको उल्लेख गरिएको पाइन्छ । होली, दीपावली, दुर्गोत्सव, शिवरात्रि र अन्य कतिपय चाडपर्ब हुन् जो बिशेश कथामा आधारित हुन्छन त्येही संक्रांति पनि खगोलीय घटनामा र हिन्दु धर्म ग्रन्थमा आधारित छ ।

यो बेला सुर्य धनु राशीदेखि मकर राशीमा प्रवेश गर्नुलाइ नै उत्तराण मानिन्छ । यो राशि परिवर्तनको समयलाइ नै मकर सक्रान्ति अर्थात् माघी सक्रान्ति भनिन्छ यो यस्तो चाड हो जो हिदुहरुले धुमधामले मान्छन, चाहे यसको नाम र मान्ने प्रक्रिया फरक फरक किन नहोस? भारत तथा नेपालमा सम्पूर्ण हिन्दुहरुले धुम धामले मनाउछन भारतको दक्षिणको केरलामा पनि येसको मान्ने तरिका फरक भए पनि धुमधामले मनाउछन कतिले नदिमा र खोलामा गएर एक छाक नखाई पुजा आजा गर्छन, कोइ तिल गुडको परिकार बनाइ आफन्तमा दिने खाने गर्छन भने भारतको गुजरातमा निकै रमाइलो गरेर यो दिन सारा परिवार छतमा सामुहिक भोजन गर्छन पतंग (चंगा) उडाएर तिल गुडको लड्डु खाने चलन छ भने सिंधि समाजमा छोरी चेलीको तिहार मनिन्छ, कन्या हरुलाई दान दिने चलन छ र तिलको लड्डु खुवाउने चलन छ भने कायस्थमा बिहानै पानिमा तिल राखेर स्नान र तिलको आगोमा जिउ हात सेक्ने चलन छन् भने पन्जाबीहरुले पनि धुम धामले बिहानै छोरी चेलीलाइ टिका लगाएर दक्षिणा दिई उनिहरुबाट आशिश लिने चलन छ यिनीहरु तिलको तेल अनि दाउरा बालेर ठुलो धुनि बाल्ने र त्यलाई परिक्रमा गर्ने चलन छ ।

नेपालमा पनि फरक फरक समुदाए मा फरक किसिमको चलन छ, खास त नेपाल तराइका बसोबास गर्ने थारुहरुले एस्लाई मुख्य चाडको रुप मा ३ दिन सम्म धुम धामले मनाउने गरेको भए पनि, माछा मासु खाने चलन भने पछि आएर सोख र खान पान मा जोडिएको पाइन्छ अन्त्येथा यो चाडमा माछा मासुको बन्देज छ, तरुल, गिठ्ठा, फर्सी पकाएर छर छिमेकीलाइ दिने छोरी चेली लाइ बोलाउने खुवाउने खाने गरिन्छ, नेपालमा कतिपय समुदाएले यो चाड  लाइ गलत तरिकाले माछा मासु र रक्सि आदिको  प्रयोग गर्ने गरेको पाइन्छ जो यो दिनमा खाइदैन ।

हाम्रो नेपालमा विभिन्न समुदाएमा आफ्नो तरिकाले मनाउने गरेता पनि यो चाडले सम्पूर्ण हिन्दुहरुलाई सद्भाव, अनुशासित र भगवानप्रति नतमस्तक बन्ने र एक आपसमा सद्भाव आजसम्म कायम राखेको छ ।

मकर संक्रांति अर्थात् माघेसक्रान्तिको दिनमा पबित्र गङ्गा नदिको यो धर्ति मा अवतरण भएको थियो महाभारतमा पितामह भीष्मले सुर्येको दिसा उत्तरायण हुदानै स्वेच्छासंग शरीरको परित्याग गरेकोकथा उल्लेख छ कारण यो हो कि उत्तरायणमा देह छोड्ने आत्माले या त देब लोकमा जन्म पाउछ या त पुनर्जन्मको चक्र देखि छुटकारा मिल्छ भन्ने भनाइ छ । दक्षिणायनमा देह छोडेकाले धेरै वर्षसम्म आत्मालाइ अन्धेरोको सामना गर्नु पर्छ भन्ने भनाइ शास्त्रमा उल्लेख छ  

सबै कुरा प्रकितिसंग प्रकितिको नियमसंग आबद्द छ एस्लाई कोइले तोड्न सक्दैन प्रकतिकोको नियेमलाइ तोड्न खोज्दा भएंकर दूर्घटन भएको तत्थ्य हामी संग छन्  यसैले त बोट बिरुवाहरु पनि प्रकाशको किरणसंगै प्रफुल्ल हुन्छन  बढ्छन र हुकिन्छन भने अध्यारोमा ओइलाउछन  मर्छन त्यस्तै हाम्रो जीवनपनि यो प्रकृतिसंग सम्बन्ध छ
स्वयं भगवान श्रीकृष्णले पनि उत्तरायणको महत्व बारे पबित्र गितामा भनेका छन् ।