दियो बाली गएउ तिमी
दिप सरी बली रहे
सकिन थाल्यो तेल पनि
आँफै सँग जली रहे
पल्ट पल्ट आउछन यि पापी
हावाका लप्ता झोका हरु
कती खोज्छन बुझाउन मलाई
पराइ न कि आफ्ना हरु
कुरी रहे एक लास मा
साझ हुँदा कती झन
कती सरो मन तिम्रो
ढुङ्गा सरी झन त्यो मन
न बल्नु थियो बाली गएउ
तिम्रै लागि बली रहे
बाल्येउ किन अन्धेरी मा
अनी आँफै सँग जली रहे
भोका लाई गास देखाये सरी
मलाई आस देखाइ रहेउ
तिम्रै छेउमा गल्दा पनि
अझै दास बनाइ रहेउ
बाली गएउ तिमी मलाई
सारा रात जली रहे । सारा रात जली रहे ।