Showing posts with label January 15. Show all posts
Showing posts with label January 15. Show all posts

Friday, May 7, 2010

दिप सरी बली रहे

दियो बाली गएउ तिमी
दिप सरी बली रहे
सकिन थाल्यो तेल पनि
आँफै सँग जली रहे
पल्ट पल्ट आउछन यि पापी
हावाका लप्ता झोका हरु
कती खोज्छन बुझाउन मलाई
पराइ न कि आफ्ना हरु
कुरी रहे एक लास मा
साझ हुँदा कती झन
कती सरो मन तिम्रो
ढुङ्गा सरी झन त्यो मन
न बल्नु थियो बाली गएउ
तिम्रै लागि बली रहे
बाल्येउ किन अन्धेरी मा
अनी आँफै सँग जली रहे
भोका लाई गास देखाये सरी
मलाई आस देखाइ रहेउ
तिम्रै छेउमा गल्दा पनि
अझै दास बनाइ रहेउ
बाली गएउ तिमी मलाई
सारा रात जली रहे । सारा रात जली रहे ।