Wednesday, June 22, 2011

तिमीलाई खोज्ने बहानामा



तिमीलाई खोज्ने बहानामा,-कस्तुरिले जस्तै तृप्तिको बेर्थ खोजमा निकै भौतारिएछु,
भोलिको सुगम बिहानिको पर्खाइमा,-घुम्तिका कैयन सस्ता पसलेसँग बास मागेछु,

सम्झनाका कप्टेराहरुबाट खुशी खोज्दा,-अनायासै दुई थोपा आसुँ पो बग्न थालेछ,
उकाली ओराली जीवनको यथार्ततामा,-बनावटी कायर हाँसोको सिढीनै बन्न पुगेछ,
अटुट चाहनाको गगन सएर गर्दैगर्दा,-आफ्नै हातले निश्चल रहरको हत्त्या गरेछु,
भोलिको सुगम बिहानिको पर्खाइमा,-घुम्तिका कैयन सस्ता पसलेसँग बास मागेछु,
                                         <><><><>

बेमतलबी चाहनाको पोको खोल्दै जाँदा,-स्वार्थरुपी गुनासोको पहाड पो बन्न पुगेछ,
सुन्दर भवीश्यको खाका कोरेकी भन्दा,-हिड्दै गरेको मेरो पाइलानै मेटाउन पुगेछ,
बेहिसाब कर्मको भागदौडमा भाग्दै गर्दा,- सुन्दर सितल छहारीमा सुस्ताउन पुगेछु,
भोलिको सुगम बिहानिको पर्खाइमा,-घुम्तिका कैयन सस्ता पसलेसँग बास मागेछु,

मयुरी मनको धुनको मधहोशी नाच्मा, तिम्रो जिजीविषाको संगीत पो विनाश भएछ,
मनभित्रको बिम्ब क्यानभासमा उतार्दा उतार्दै,- क्षितिजमा हराउने प्यासी गन्तब्य बनेछ
उदासी हरेक दिनसँग बाँच्न खोज्दा,- तुकबिनाका निर्जिब वाचालाई गोडमेल गर्न थालेछु,
भोलिको सुगम बिहानिको पर्खाइमा,-घुम्तिका कैयन सस्ता पसलेसँग बास मागेछु


No comments: