Saturday, May 1, 2010

म त तिम्रो साधन भएछु ।।

म त तिम्रो साधन भएछु ।।
मादलको बज्ने ताल भएछु ।।

समयए बिताउने साधन भएछु
साथी सँग खेल्ने खेलौना भएछु
तिमी हिददा सँगइ हिंड्ने
कदम मा कदम भएछु
पार्टी हरुको रमझम मा
भरी गिलास को प्याला भएछु
म त तिम्रो साधन भएछु ।।
मादलको बज्ने ताल भएछु ।।

साडी लाउदा तिमीसँग
शुट्को शोभा भएछु
कुरा गर्दा छिमेकी सँग
बिसयको बहाना भएछु
म त तिम्रो साधन भएछु ।।
मादलको बज्ने ताल भएछु ।।

मन तिम्रो भरी हुँदा
मन बहलाउने साधन भएछु
कामुक् मन हुँदा तिम्रो
प्यास मेटाउने बस्तु भएछु
चुर चुर हुँदा बदन् तिम्रो
मालिस गर्ने हात् भएछु
म त तिम्रो साधन भएछु ।।
मादलको बज्ने ताल भएछु ।।

No comments: